जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

कञ्चनपुर। जिल्लाको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । सो प्रतियोगिताको शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् । नेपाल बुद्धिचाल महासङ्घ,काठमाडौँ स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका–८ को संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिातको उद्घाटन गर्दै नेता नेपालले नेपालको नेपालको राजनीति मौसम जसरी परिवर्तन भइरहेको छ । छिटोछिटो हुने सरकार परिर्वतनले जतनाको चाहनाअनुसार काम गर्न नसकिएको उनको भनाइ थियो । प्रतियोगितामा हार जित हुने भन्दै उहाँले खेलाडीहरूलाई उच्च मनोवलका साथ प्रतियोगितामा सहभागी हुन आग्रहसमेत गरे । “तन र मन दुवै ठिक राख्न जरुरी हुन्छ”, उनले भने, “त्यसका लागि खेलकुद प्रतियोगिता भइराख्नु आवश्यक हुन्छ ।”

प्रतियोगिता संयोजक नारायणदास गमालले तीन विधामा प्रतियोगिता सञ्चालन भइरहेको जानकारी दिए । “तीनवटा विधामा प्रतियोगिता सञ्चालन भइरहेको छ”, उनले भने । उनले भने, “प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन्छ ।”

उनका अनुसार तेस्रो नोकोसको क्लासिकल खेल स्वीस सिस्टम लिगमा आधारित ६० मिनेट प्लस ३० सेकेण्ड प्रतिचाल नौ राउण्डको हुनेछ । त्यसैगरी ¥यापिड स्वीस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रतिचालको नौ राउण्ड र ब्लिट्ज स्वीस लिगकै तीन मिनेट प्लस दुई सेकेण्ड प्रतिचालको नौ राउण्डमा हुनेछ ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्यापियनसिपको प्रथम पुरस्कार रु २५ हजारसहित २० खेलाडीलाई कुल रु ८३ हजार पाँच सय, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनसिपमा प्रथम पुरस्कार रु ३० हजारसहित अन्य २० खेलाडीलाई कुल रु एक लाख ३१ हजार पाँच सय र तेस्रो नेकोस राष्ट्रव्यापी फिडेरेटिङ बुद्धिचाल प्रतियोगितामा प्रथम पुरस्कार रु ६० हजारसहित २५ खेलाडीलाई रु दुई लाख ५५ हजार नगदका साथै प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ ।

प्रतियोगिताका संयोजकका अनुसार ६५ खेलाडीलाई कुल रु चार लाख ७० हजार नगद पुरस्कार वितरण गरिने अयोजकले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका