जोडिनुहोस
  • होमपेज
  • ट्युनिसियाका राष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

ट्युनिसियाका राष्ट्रपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं। ट्युनिसियाका पुनः निर्वाचित राष्ट्रपति काइस सइदले सोमवार राजधानी ट्युनिसमा रहेको ट्युनिसियाली संसदको जनप्रतिनिधिको मुख्यालयमा शपथ लिएका छन् ।

आफ्नो सम्बोधनमा सैयदले मातृभूमिको स्वाधीनता र आफ्नो भूभागको अखण्डताको रक्षा गर्ने, देशको संविधान र कानूनको सम्मान गर्ने र त्यसको हितको ख्याल गर्ने एवं त्यसप्रति निष्ठावान रहने प्रतिवद्धता व्यक्त गरे ।

उनले आतंकवादसँग लड्ने र भ्रष्टाचारविरुद्धको लडाईं महत्वपूर्ण चुनौति भएकाले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । ट्युनिसियाको संविधानको धारा ९२ अनुसार निर्वाचित राष्ट्रपतिले पदभार ग्रहण गर्नुअघि पाँच वर्षको कार्यकालको लागि शपथ लिन्छन् ।

अक्टोबर ६ मा भएको राष्ट्रपति निर्वाचनमा ९० दशमलव ६९ प्रतिशत मत प्राप्त गरेपछि सैयद दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । ट्युनिसियामा हरेक पाँच वर्षमा राष्ट्रपतिको निर्वाचन हुन्छ । ६६ वर्षीय सइद २०१९ देखि नै पदमा रहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका