जोडिनुहोस
  • होमपेज
  • बागमती प्रदेशमा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न

बागमती प्रदेशमा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न

काठमाडौं। बागमती प्रदेशको आयोजनामा पहिलो स्केट च्याम्पियनसिप सम्पन्न भएको छ।

’ज्याम ज्याम स्केट ज्याम’ शीर्षकमा बागमती प्रदेश स्केटिङ र स्केटबोर्डिङ संघले इन्जिनियर र स्केटरहरूमा चेतना फैलाउन प्रतियोगिता आइतबार र सोमबार भएको थियो।

पुरुषको स्केटको खेलमा बसन्त राई विजयी भए। उनले १२ हजार ५०० रुपैयाँको पुरस्कार जिते। सरदकुमार राईले दोस्रो स्थान हासिल गरे। उनले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

सरोज मगरले तेस्रो स्थान हासिल गरे। उनले ४ हजार रुपैयाँ पुरस्कार जिते भने विनोद कार्कीले चौथो स्थान हासिल गरेर २ हजार रुपैयाँ पाए।

उत्कृष्ट ट्रिक श्रेणीमा उशान आले मगरले पहिलो भए। सरदकुमार राईले यहाँ पनि आफ्नो खेल प्रदर्शन गरे र दोस्रो भए। जीवन तामाङले तेस्रो स्थान हासिल गरे। महिला तर्फको गेम अफ स्केटमा पहिलो समीक्षा राई, दोस्रो समिरा राना मगर, र तेस्रो अर्लिन लामा भए।

रोलर स्केट रेसमा पुरुष तर्फ अर्थ बोहरा प्रथम भए। त्यस्तै राजन मगराँती दोस्रो र विजय खनाल तेस्रो भए। सौहर्द श्रेष्ठले चौथो भए। यही विधामा महिला तर्फ सन्ध्या आले मगर पहिलो भइन्। त्यस्तै नयना शाक्य दोस्रो र तृष्णा थापा मगर तेस्रो भए।

हाई जम्पमा सोनम गुरुङ, जिगज्याकमा सफल थापा मगर, विशेष पहिचानमा गजेन्द्र बर्देवालाई स्केट बोर्डिङको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित भए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका