जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

काठमाडौँ । चोरीको मोटरसाइकलसहित नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित सहायता ‍ईकाइबाट खटिएको ट्राफिक प्रहरीले राईले उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाडौं लोलाङ हाइटबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्