जोडिनुहोस
  • होमपेज
  • एनपीएलका लागि काठमाडौं गुर्खाजमा नेदरल्यान्ड्सका लेभिटलाई

एनपीएलका लागि काठमाडौं गुर्खाजमा नेदरल्यान्ड्सका लेभिटलाई

काठमाडौं । नेपाल प्रिमियर लिगका लागि काठमाडौं गुर्खाजले नेदरल्यान्ड्सका माइकल लेभिटलाई अनुबन्ध गरेको छ । काठमाडौं गुर्खाजले पहिलो विदेशी खेलाडीका रूपमा एनपीएलका लागि नेदरल्यान्ड्सका विष्फोटक ब्याटर लेभिटलाई अनुबन्ध गरेको हो ।

बुधबार सामाजिक सञ्जालमार्फत काठमाडौं गुर्खाजले २१ वर्षीय लेभिटलाई टिममा भित्र्याएको जनाएको छ । लेभिटले नेदरल्यान्ड्सका लागि ८ ओडीआई खेलमा १८४ रन र १७ टी–२० आई खेलेमा ५५० रन बनाएका छन् ।

काठमाडौं गुर्खाजको मार्की खेलाडी करण केसी हुन् । काठमाडौंले टिमको मुख्य प्रशिक्षकमा भने वसन्त शाही ठकुरीलाई नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलो संस्करणको एनपीएल १६ मंसिरदेखि ६ पुससम्म हुँदै छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका