जोडिनुहोस
बिहिबार, कार्तिक २९, २०८१
बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई नियुक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेय आइतबार न्यायाधीश नियुक्त गरेका हुन् ।

योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिए ।

संसदीय सुनुवाइ समितिले शुक्रबार योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गरेको थियो ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका