जोडिनुहोस
  • होमपेज
  • म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराइयो

पोखरा। सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ।

उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो। त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई गत मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो। पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान गरिरहेको छ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका