काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहान तराई तथा काठमाडौं उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो र राति पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्।