जोडिनुहोस

हालको खबर

सांसदहरूको मागः वाइडबडी जहाज खरिद प्रकरण छानबिन गर्न संसदीय समिति बनाऊँकाठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले समितिले विशेष पहल लिएर वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन गरेका हुन् । बैठकमा रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा संसदीय समितिबाट छानबिन गर्नुपर्ने बताए । विशेष अदालतले अख्तियारद्वारा गरिएको छानबिनमा प्रश्नसमेत उठाएकाले समितिले नै संसदीय छानविन समिति बनाउन पहल गर्नुपर्ने उनले बताए । उनले वायुसेवा निगमले व्यवसायीक हिसाबले काम गर्न नसकेको जिकिर गरेका छन् । त्यस्तै सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका कुरामा छानबिन हुनुपर्ने बताए । त्यस्तै सांसद देवीप्रकाश भट्टचनले वायुसेवा निगमलाई जोगाउन समयमै आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजका सामानहरू समयमै नपाउँदा मर्मतमा ढिलाइ हुने गरेको बताए । नियतवश हुने ढिलाइको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको उनले बताए । साढे १० प्रतिशत व्याजमा जहाज किनेर नाफा कमाउने विषय उचित नभएको उनले बताएका छन्। अधिकारीले निगमको ऋण चुक्ता गर्न किस्ता बढाउन र उचित सहुलियत माग गरे पनि सम्बोधन हुन नसकेको उल्लेख गरेका छन् । बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाइजहाज खरिददेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखेका थिए । मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनासहित काम गर्न एक महिने अवधिसहित निर्देशन दिएको जानकारी दिए ।
  • २३ मिनेटutes अगाडि

देश

चिसो बढेपछि दाउरा वितरण

  • Sagarmatha TV
  • शुक्रबार, पुस १९, २०८१
चिसो बढेपछि दाउरा वितरण

टीकापुर (कैलाली)। कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।

तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ । एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताए ।

भुराखानी सामुदायिक वन कार्यालयका सचिव बलबहादुर विकले सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाउँछौँ भनी माग भएपछि दाउरा उपलब्ध गराइएको बताए । “रूखका जरा निकालेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।”

टीकापुर नगरपालिका–४ ले पनि आफ्नो वडामा रहेका चोकहरुमा आगो ताप्ने व्यवस्था मिलाएको छ । ढलेका रुख र रूखका जरा खनेर चोकचोकमा दाउरा वितरण गर्न थालिएकोे वडाध्यक्ष लालवीर चौधरीले बताए । ‘‘माघी पर्वको पूर्वसन्ध्यामा गाउँगाउँमा मुढा बाल्ने चलन छ”, उनले भने, “चिसो बढेकाले नागरिकलाई राहत होस् भनी दाउरा वितरण गर्न थालेका हौँ ।”

यस्तै टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रूखका जरा निकालेर दाउरा वितरण गरिनेछ । “गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौँ”, उनले भने, “यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ । चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौँ ।” चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् ।

ताजा समाचार

सांसदहरूको मागः वाइडबडी जहाज खरिद प्रकरण छानबिन गर्न संसदीय समिति बनाऊँकाठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनीहरूले समितिले विशेष पहल लिएर वाइडबडी जहाज प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउन गरेका हुन् । बैठकमा रास्वपाका सांसद शिशिर खनालले वाइडबडी जहाज प्रकरणमा नेपालका अधिकारीलाई घुस दिएको सार्वजनिक भइसकेको अवस्थामा संसदीय समितिबाट छानबिन गर्नुपर्ने बताए । विशेष अदालतले अख्तियारद्वारा गरिएको छानबिनमा प्रश्नसमेत उठाएकाले समितिले नै संसदीय छानविन समिति बनाउन पहल गर्नुपर्ने उनले बताए । उनले वायुसेवा निगमले व्यवसायीक हिसाबले काम गर्न नसकेको जिकिर गरेका छन् । त्यस्तै सांसद प्रेम सुवालले वायुसेवा निगमको जहाज खरिदका क्रममा उठेका कुरामा छानबिन हुनुपर्ने बताए । त्यस्तै सांसद देवीप्रकाश भट्टचनले वायुसेवा निगमलाई जोगाउन समयमै आवश्यक कदम चाल्नुपर्ने बताएका छन् । बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जहाजका सामानहरू समयमै नपाउँदा मर्मतमा ढिलाइ हुने गरेको बताए । नियतवश हुने ढिलाइको निगमले सुक्ष्म ढंगले अनुसन्धान गर्ने गरेको उनले बताए । साढे १० प्रतिशत व्याजमा जहाज किनेर नाफा कमाउने विषय उचित नभएको उनले बताएका छन्। अधिकारीले निगमको ऋण चुक्ता गर्न किस्ता बढाउन र उचित सहुलियत माग गरे पनि सम्बोधन हुन नसकेको उल्लेख गरेका छन् । बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाइजहाज खरिददेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नुपर्ने देखिएको धारणा राखेका थिए । मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनासहित काम गर्न एक महिने अवधिसहित निर्देशन दिएको जानकारी दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका