जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • १ मिनेटute अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • २ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ३ मिनेटutes अगाडि
  • होमपेज
  • पोखरामा उड्न लागेको बुद्ध एअरको जहाजको आकस्मिक ढोका यात्रुले खोले

पोखरामा उड्न लागेको बुद्ध एअरको जहाजको आकस्मिक ढोका यात्रुले खोले

पोखराबाट काठमाण्डौका लागि उड्न लागेको बुद्ध एअरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाण्डौ उड्न लागेको उडान नम्बर–६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका बुद्धएअरले जनाएको छ ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एअरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिनुभयो । के कारणले यात्रुले आकस्मिक ढोका खोलेको खुलेको छैन । यसबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले थप अध्ययन र अनुसन्धान गरिरहेका पनि कर्णले बताउनुभयो । यो जहाज प्राविधिकले जाँच गरिरहेको र यात्रुलाई अर्को जहाजबाट पठाउने तयारी भैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्