काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विलय भारतको दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालको जस्तै हुने कटाक्ष गरेका छन् ।
दिल्ली विधानसभा चुनावमा केजरीवाल पराजित भएपछि बस्नेतले दुवैको तस्बिर फेसबुकमा राख्दै सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमनत्ती लामिछानेको विलय केजरीवालको जस्तै गरी हुने कटाक्ष गरेका हुन् ।
‘इन्डियामा लामो समयदेखि पपुलिस्ट नारा दिएर दिल्लीको शासन सम्हालेको केजरीवाल र आम आदमी पार्टी पराजित हुन पुगेको छ ।
नेपालमा पनि पपुलिस्ट नारा दिएर उदाउँदै गरेका व्यक्ति र पार्टी हराउने कुरा निश्चितै छ,’ बस्नेतलेले लेखेका छन्, ‘केजरीवालको उदय भ्रष्टाचारको मुद्दा र विलय इन्डियामा नेपालमा रवि लामिछानेको उदय सहकारी ठगीको मुद्दा र विलय उस्तै–उस्तै हुनेछ । बालेन्द्र हर्केको कुरै नगरौँ ।’