![बुढानीलकण्ठबाट क्रिप्टो कारोबारमा संलग्न २३ जना पक्राउ](https://sagarmatha.tv/wp-content/uploads/2024/09/arrest-generic_650x400_71463458726.jpg)
काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार साँझ बुढानीलकण्ठस्थित एक घरमा छापा मारी २३ जनालाई पक्राउ गरेको छ ।
एसएसपी विश्व अधिकारीको नेतृत्वमा खटिएको टोलीले क्रिप्टोकरेन्सी, अनलाइन जुवा, सट्टेबाजी तथा ठगी जस्ता अवैध गतिविधि भइरहेको सूचना पाएपछि छापा मारेको थियो । प्रहरीले पक्राउ परेकाहरूलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।
एसएसपी अधिकारीका अनुसार उक्त घरमा लामो समयदेखि अवैध अनलाइन कारोबार भइरहेको आशंका गरिएको थियो । प्रहरीको कारबाहीका क्रममा उनीहरूको साथबाट ८८ वटा मोबाइल र १० वटा ल्यापटप समेत बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ ।