काठमाडौँ– ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा डोजर चलाएको छ। आइतबार बिहान न्हु पोखरी संरक्षणका लागि महानगरले पोखरी अगाडिका घरटहरामा डोजर चलाएको हो।
ऐहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तारका लागि घरटहराहरू भत्काउनु परेको महानगरले जनाएको छ।