जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको एकीकृत समाजवादीको निष्कर्ष

भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारीहरुलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएको छ ।

शनिवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुषालले मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए।

उनले सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको र लाखौँ जनताले सहकारी राखेको बचत डुबेको बताए ।

त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिइ अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्ने निर्णय केन्द्रीय कमिटीले गरेको उनले बताए ।

‘मुलुकमा भ्रष्टाचार मौलाएको छ। भ्रष्टाचारीहरु सरकारबाटै संरक्षित भएका छन्। सहकारी ठगी, मिटरब्याजी, अनलाइन ठगीले गरिब जनताको जीवन कष्टकर हुँदै गएको छ। लाखौँ जनताले सहकारी राखेको बचत डुबेको छ‚’ उनले भने, ‘त्यस्ता भ्रष्ट तथा ठगहरुलाई नियन्त्रणमा लिए अविलम्ब कडाभन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गर्दछौँ।’

मुलुकमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको बताए।

समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन नसक्ने निष्कर्ष पार्टीको रहेको बताए।

‘मुलुकमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको छ। यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको छ‚’ उनले भने, ‘समग्र अर्थतन्त्रको पुनःगठन नगर्दासमम टालटुले नीति तथा कार्यक्रमबाट यो समस्याको समाधान हुन सक्दैन। राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गर्दछ।’

धेरै टिप्पणी गरिएका