
काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले नामिबियालाई ९३ रनको लक्ष्य दिएको छ ।
नारी दिवस टी–२० कपअन्तर्गत नामिबियाविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रन बनाएको हो ।नेपालका लागि सम्झना खड्काले सर्वाधिक १८, इश्वरी विष्टले १७, कविता जोशीले १६ र पुजा महत्तोले १३ रन बनाए । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान इन्दू बर्मा २ रनमा आउट हुँदा रुबिना क्षेत्री शुन्य रनमै आउट पेभिलियन फर्किन् ।
नामिबियका लागि विल्का म्वाटि र मेकेलान्ये म्वाटिले तीन–तीन विकेट लिए ।