
काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् ।शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को वजेटका बारेमा ब्रिफिङ गरेका हुन ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । सोही वजेटका बारेमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।