जोडिनुहोस
  • होमपेज
  • सोताङखोलाको पुल भासिँदा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

सोताङखोलाको पुल भासिँदा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–७ मा रहेको सोताङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। पुरानो पुलको भाग धस्सिएपछि दुवै दिशातर्फ सवारी आवागमन रोकिएको हो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेश सुवेदीका अनुसार पुल हुँदै ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। काठमाडौँतर्फ गइरहेका ठूला सवारी साधनलाई गल्छी हुँदै डाइभर्ट गरिएको छ।

सोताङ खोलामा नयाँ पुल निर्माणको काम भइरहेको छ। निर्माणका कारण थर्किएर पुरानो पुलमा भ्वाङ परेको प्रारम्भिक आंकलन गरिएको छ।

धेरै टिप्पणी गरिएका