जोडिनुहोस
  • होमपेज
  • जिम्मेवार प्रतिपक्ष भएकाले बजेट ल्याउन दिएका हौं स् माओवादी केन्द्र

जिम्मेवार प्रतिपक्ष भएकाले बजेट ल्याउन दिएका हौं स् माओवादी केन्द्र

प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलले नेकपा माओवादी केन्द्रले जिम्मेवार प्रतिपक्षी भएकाले सदनमा जारी संघर्ष राखेर बजेट प्रस्तुत गर्न दिएको बताएका छन् ।

माओवादी केन्द्र लगायत सबै विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर मंगलबारदेखि सदन अवरुद्ध गरेका छन् ।

जेठ १५ मा बजेट ल्याउने भनी संविधानमै व्यवस्था गरिएकाले विपक्षी दलहरूले सदन चल्न दिएका हुन् ।

विपक्षी दलको तर्फबाट आकस्मिक समय लिएर बोलेका नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘संविधानको धारा १३ का तीनवटा उपधारामा जेठ १५ गते बजेट प्रस्तुत गर्नेसम्बन्धी व्यवस्था छन् । हामी विपक्षी दलहरू संविधानको कार्यान्वयनप्रति जिम्मेवार छौं । त्यसैले आज बजेट ल्याउन दिँदैछौं ।’

उनले विनियोजन विधेयक प्रस्तुत गर्नेबाहेक सदनका अन्य काममा अवरोध रहने पनि स्पष्ट पारे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help