जोडिनुहोस
  • होमपेज
  • किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन

किसानलाई रासायनिक मलका लागि २८ अर्ब बजेट विनियोजन

काठमाडौं– सरकारले कृषि क्षेत्रमा आवश्यक पर्ने रासायनिक लागि २८ अर्ब ८२ करोड रकम विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको लागि रासायनिक मलमा अनुदान दिने उद्देश्यले सो रकम विनियोजन गरेको जनाएका छन् ।

नेपालमा आवश्यक पर्ने रासायनिक मल पूर्ण रूपमा अन्य देशबाट आयात हुँदै आएको छ । जसमा सरकारले वर्षेनी अर्बौं रकम अनुदानबापत उपलब्ध गराउने गरेको छ । सरकारले चालु आर्थिक वर्षमा मलखाद आपूर्ति गर्न अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

नेपालमा रासायनिक मलको कारखाना खोल्ने सन्दर्भमा ‘डिआइएजी इण्डष्ट्रिज जीएमबीएच’ले सम्भाव्यता अध्ययन गरेको छ । मंगलबार बसेको लगानी बोर्डको बैठकले सोही सम्भाव्यतालाई टेकेर उपयुक्त सुझाव दिन कार्यदल गठन गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका