
काठमाडौँ ।काठमाडौँको माइतीघरमा आज निजी विद्यालय सञ्चालक र प्रिन्सिपलहरूले विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेका छन्। विधेयकमा आफूहरूको माग समेटिएको छैन भन्दै उनीहरूले पाँच बुँदे माग अघि सारेका छन्। र्याली माइतीघरदेखि सुरु भई नयाँ बानेश्वरसम्म पुगेको थियो।
प्रदर्शनकारीले पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउन, पोसाक र खाजाजस्ता वस्तु अनिवार्य गर्नेलगायतका प्रावधान खारेज गर्न माग गरेका छन्। साथै, कम्पनी ऐनअन्तर्गत दर्ता विद्यालयलाई गैरनाफामूलक बनाउने र ४५५ आरक्षणसम्बन्धी व्यवस्था हटाउनुपर्ने मागसमेत गरिएको छ।




































