जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीबीच भेटवार्ता भएको छ ।

आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङले दिएको दिवा भोजमा सहभागी भएको वेला करिडोरमा उनीहरूबीच भेटवार्ता भएको हो ।

चीनका राष्ट्रपति चिनफिङको निमन्त्रणमा सांघाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार ओली चीन प्रस्थान गरेका हुन् ।

भेटवार्ताबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । मोदीले नेपाल–भारतबीच गहिरो सम्बन्ध रहेको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका