जोडिनुहोस
  • होमपेज
  • अफगानिस्तान भूकम्पमा ८ सय बढीले ज्यान गुमाए, प्रत्येक घरमा १० जना सम्म घाइते

अफगानिस्तान भूकम्पमा ८ सय बढीले ज्यान गुमाए, प्रत्येक घरमा १० जना सम्म घाइते

अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ८ सय जना बढीको मृत्यु भएको छ ।

पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर हजारौं जना घाइते भएका छन् ।

गम्भीर खडेरी, सहायता कटौती र भोकमरी संकट खेपिरहेको अफगानिस्तानमा अर्को विपत्ति थपिएको हाे ।

उद्धार प्रयास जारी रहेको छ भने हजारौं व्यक्तीहरुले खुला ठाउँमा रात बिताएका छन्।

धेरैजसो मृत्यु पहाडी कुनार प्रान्तमा भएको बीबीसीले जनाएको छ । अधिकारीहरूले सम्पूर्ण गाउँहरू ध्वस्त भएकाले मृत्युको संख्या उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिएका छन् ।

नुरगल क्षेत्रको मजार दाराका एक बासिन्दाले गाउँको ९५ प्रतिशत भाग ध्वस्त भएको बताएका छन् । उनका अनुसार प्रत्येक घरमा पाँच देखि १० जना घाइते भएका छन्।

धेरै राष्ट्रहरूले पहिले नै सहयोगको प्रतिज्ञा गरिसकेका छन् तर भूकम्पबाट प्रभावित क्षेत्र दुर्गममा रहेकाले उद्धार टोली परिचालनमा कठिनाइ र उपचारमा असहजता भइरहेको जनाइएको छ ।

चीन, भारत, बेलायत र स्विजरल्याण्ड लगायत धेरै राष्ट्रहरूले सहयोको घोषणा गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका