जोडिनुहोस
  • होमपेज
  • निर्मल राज पौडेलको “झिलिमिली तिहारलाई” गीत सार्वजनिक

निर्मल राज पौडेलको “झिलिमिली तिहारलाई” गीत सार्वजनिक

काठमाडौं। तिहारको चहलपहल गाउँघरदेखि शहरसम्म फैलिन थालेको छ। यसैक्रममा, गीतकार निर्मल राज पौडेल को नयाँ तिहार गीत “झिलिमिली तिहारलाई” सार्वजनिक भएको छ।

गीतमा पौडेलसहित गायिका सामन्था थापा, निरजा तिमल्सीना र मनिष पौडेल ले स्वर दिएका छन्। गीतको म्यूजिक भिडियो वेलकम एभी प्रोडक्सन द्वारा तयार पारिएको छ भने निर्देशन मनिष पौडेल ले गरेका हुन्। संगीत मोहित मुनाल ले तयार गरेका छन्।

गीतकार पौडेलले बताए अनुसार, “बिगत १०–१५ वर्षअघिसम्म तिहारको रौनक र खुसीको माहौल प्रष्ट देखिन्थ्यो, तर आजभोलि सबैले त्यो महसुस गर्न पाएको छैन। त्यसैले हाम्रो उद्देश्य हाम्रो सन्ततिलाई पनि यो परम्परा र संगीतको अनुभव दिनु हो।”

गीतमा गाइ, कुकुर, लक्ष्मी, गाई–गोरा पूजा र भाई–टीका लगायत पञ्चकर्मको महत्त्वपूर्ण पक्ष समेटिएको छ। साथै, गीतले नेपालीहरुको तिहार मनाउने शैली, परम्परा र सामाजिक, पारिवारिक तथा आर्थिक पक्षलाई समेत उजागर गरेको छ।

यसअघि पौडेलले दशैं गीत पनि सार्वजनिक गरिसकेका थिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Real Cash & High RTP