जोडिनुहोस
  • होमपेज
  • जेनजी आन्दोलन भड्काउन टिओबीको मुख्य भूमिका देखियो

जेनजी आन्दोलन भड्काउन टिओबीको मुख्य भूमिका देखियो

काठमाडौं ।नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी)को मुख्य भूमिका रहेको देखाएको छ।

टिओबी ज्याकेट लगाएर आन्दोलनमा सहभागी भएका तेन्जिङ दावाको बयानका आधारमा यस्तो खुलेको हो। प्रहरीले २६ असोजमा दावालाई पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ।

अनुसन्धानका क्रममा टिओबी ज्याकेट लगाएका बाइक राइडरहरूले आन्दोलन भड्काउने भूमिका खेलेको खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए। टिओबी ज्याकेट लगाएकाहरू रेडियो सेटसहित आन्दोलनमा सहभागी भएका थिए र सोही रेडियो सेटमार्फत बाइकमा सहभागी युवालाई निर्देशन दिइएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

एसएसपी थापाले भने, “आन्दोलनमा रेडियो सेटसहित सहभागी हुनु अनौठो विषय हो र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।”

प्रहरीले आन्दोलनमा सहभागी भएका सबै ठाउँका सिसिटिभी फुटेज संकलन गरेको छ भने नागरिकस्तरबाट प्राप्त ३६ हजारभन्दा बढी फोटो र भिडियो सूक्ष्म विश्लेषण गरिएको छ। यी सामाग्रीमार्फत टिओबी ज्याकेट लगाएर आन्दोलनमा सहभागी हुनेहरूको गतिविधि र मुभमेन्ट अध्ययन गरिएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका