जोडिनुहोस
  • होमपेज
  • जेनजी विद्रोहमा ७६ जनाको ज्यान, सेनाको रिपोर्टमा २२ प्रदर्शनकारीको मृत्यु पुष्टि

जेनजी विद्रोहमा ७६ जनाको ज्यान, सेनाको रिपोर्टमा २२ प्रदर्शनकारीको मृत्यु पुष्टि

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ गते देशभर भएको जेनजी विद्रोहका क्रममा २२ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरेको छ। सेनाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जारी गरेको प्रतिवेदनमा कुल ७६ जनाको ज्यान गएको विवरण सार्वजनिक गरेको हो। सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाका अनुसार मृतकमध्ये ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेका छन्। रिपोर्टअनुसार देशभर ४८४ स्थानमा प्रदर्शन र झडप भएका थिए।

विद्रोहका क्रममा ६८८ वटा सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यावसायिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी इकाइमा तोडफोड तथा आगजनी भएको सेनाले जनाएको छ। त्यस्तै, १५ हजार ५८८ जना कैदीबन्दी भागेका मध्ये हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइएको छ। सेनाको अनुसार, आन्दोलनका बेला हराएका ९७८ थान हतियारमध्ये ५८६ वटा फिर्ता भइसकेका छन्। सेनाले आगामी दिनमा बाँकी कैदी र हराएका हतियार खोजी तीव्र बनाइने बताएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका