जोडिनुहोस
  • होमपेज
  • फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

फुट्यो एकीकृत समाजवादी, अलग भए माधव–झलनाथ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) फुटेको छ। माओवादी केन्द्रसहितका शक्तिहरूसँग एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको निर्णयपछि सम्मानित नेता झलनाथ खनालसहितका नेताहरूले असहमति जनाउँदै अलग हुने घोषणा गरेका छन्।

धुम्बाराहीमा तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा बहुमतले एकताको पक्षमा मतदान गरे पनि खनाल, महासचिव घनश्याम भूसाल र वरिष्ठ नेता घनेन्द्र बस्नेतले तत्काल एकता अस्वीकार गरेका थिए।

खनालले “पार्टीलाई माओवादीमा लैजाने जबर्जस्ती निर्णय भयो, पार्टी बिसर्जन गरियो” भन्दै पुनर्गठनको तयारी थालेका छन्।

पार्टीभित्र सैद्धान्तिक र संगठनात्मक मतभेद स्थापना कालदेखि नै जारी थियो। माधव नेपाल पक्ष माओवादी र कांग्रेससँग सहकार्य चाहन्थे भने खनाल पक्ष वाम एकताको पक्षमा थियो।

अब माधव नेपाल माओवादी केन्द्रसँग एकता प्रक्रियामा अघि बढ्ने तयारीमा छन् भने झलनाथ खनाल नयाँ संगठन पुनर्गठनतर्फ लाग्ने भएका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका