जोडिनुहोस
  • होमपेज
  • कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस तीव्र, आगामी निर्वाचनमा नयाँ पुस्तालाई अवसर दिन माग

कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस तीव्र, आगामी निर्वाचनमा नयाँ पुस्तालाई अवसर दिन माग

जेनजी आन्दोलनपछि राजनीतिमा युवाहरूको खोजी भइरहँदा नेपाली कांग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस सुरु भएको छ । नेपाली कांग्रेस रामेछापको वर्तमान संगठनात्मक अवस्था तथा पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै,रामेछाप कांग्रेससँग आबद्ध युवाहरूले काठमाडौंमा विशेष भेलासहित छलफल गरेका हुन् ।

सनराईज फुडल्याण्ड मध्येबानेश्वरमा एक कार्यक्रमको आयोजनागरी नेपाली काँग्रेस रामेछापका युवाहरुले आगामी प्रतिनिधिसभा निर्वाचनमा युवाहरुलाई नेतृत्वको अवसर दिनुुपर्नेमा जोड दिएका छन् । उनीहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण हुनुपर्ने माग पनि गरेका छन ।

नेपाल तरुणदलका केन्द्रिय सदस्य रमेश खड्काको संयोजकत्वमा भएको कार्यक्रममा उपस्थित युवाहरुले देशको सबैभन्दा ठूलो जनसांख्यिक संरचना युवामै भएकोले नेतृत्व प्रणाली पुनव्र्यवस्थित गर्न दबाब दिने निष्कर्ष निकालेका छन् । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुशिलहरि बख्रेलका अनुसार पार्टीहरूसँग आबद्ध युवा संगठन र विद्यार्थी संगठनहरूले आगामी निर्वाचन तथा पार्टी महाधिवेशनहरूमा युवा पुस्तालाई अग्रभूमिमा ल्याउन जोड दिएका हुन ।

नयाँ पुस्तासँग प्रविधि, विश्वसन्दर्भको बुझाइ, व्यवहारिक नेतृत्व शैली र परिवर्तनका लागि आवश्यक ‘ऊर्जा र गति रहेको भन्दै नेपाली काँग्रेस रामेछापका युवाहरुले अहिले नेतृत्वमा रहेकाहरुले यो कुरालाई बुझेर ‘युवा नेतृत्व’लाई जोड दिनुपर्ने कार्यक्रममा सहभागिहरुले बताएका हुन ।
कार्यक्रममा तरुणदलका केन्द्रिय सदस्यहरु कमान खड्का९दिपेन्द्र०,योगेश श्रेष्ठ,विनिती खड्का,नेविसंघका केन्द्रिय सदस्यहरु नारायण श्रेष्ठ,विष्णु खड्का,विष्णुहरि खड्का,चन्द्र थापा मगर,लोकतान्त्रिक खेलकुद समिति रामेछापका अध्यक्ष पुष्कर पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका