
काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठकको मिति पुनः परिवर्तन भएको छ ।
आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक मंसिर ४ गतेका लागि सारिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । बैठक मङ्सिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी दिए ।
महाधिवेशन विवादले एक महिनादेखि जारी कांग्रेस बैठक अनिर्णित छ ।





































