
धुनिवेशी नगरपालिका–६, चालिसेमा बुधबार दिउँसो एकपछि अर्को गर्दै छ वटा सवारी साधन एकआपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय खानिखोलाका अनुसार डिब्बा गाडीको ब्रेक फेल भएको प्रारम्भिक आशंकासँगै दुर्घटना श्रृंखलाबद्ध रूपमा फैलिएको बताइएको छ।
प्रहरीले घटनास्थलमा उद्धार कार्य जारी रहेको र केही मानवीय क्षति हुनसक्ने सम्भावना रहेको जानकारी दिएको छ। दुर्घटनाबारे थप विवरण प्रहरीले संकलन गर्दैछ।




































