समाचार
भारत सरकारको सहयोगमा निर्मित संखुवासभा जिल्लाको दिदिङ आधारभूत विद्यालयको विद्यालय भवन उद्घाटन

संखुवासभा— कोशी प्रदेशको संखुवासभा जिल्लाको चिचिला गाउँपालिका—३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको विद्यालय भवनको उद्घाटन भएको छ ।
उक्त विद्यालयको उद्घाटन काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रूपमा गरे ।

विद्यालय भवन र अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र यसको कार्यान्वयन संखुवासभाको चिचिला गाउँपालिकामार्फत गरिएको थियो ।
सन् १९६२ मा संखुवासभा जिल्लामा स्थापना भएको श्री दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुने गरेको छ । । चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहायोगको प्रशंसा गरे ।

नयाँ पूर्वाधारले यहाँको सिकाइको वातावरणमा सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने उनीहरुले विश्वास व्यक्त गरे । भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।






































