
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड धरौटी माग गरेको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा रविसँग अदालतले १ करोड धरौटी माग गरेको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।
मुद्दामा लामिछानेसहित २९ जनालाई विपक्षी बनाइएको थियो । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्न आदेश गरेको जनाइएको छ ।






































