जोडिनुहोस
  • होमपेज
  • निर्वाचन आउन मात्र ३ दिन बाँकी, आज मध्यरातदेखि मौन अवधि सुरु हुँदै

निर्वाचन आउन मात्र ३ दिन बाँकी, आज मध्यरातदेखि मौन अवधि सुरु हुँदै

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेदेखि सुरु हुँदैछ । यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन् ।

निर्वाचन आयोगले प्रचारप्रसार गर्न सोमबारसम्म मात्र गर्न पाउने जनाएको छ ।

सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले निर्वाचन प्रचारप्रसार सोहि अवधिसम्म गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने आयोगले जनाएको छ ।

आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने हुन्छ ।

आयोगका अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।

त्यस्तै मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न हुँदैन ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मौन अवधिमा तोकिएको आचरणविपरीत कुनै उम्मेदवार तथा राजनीतिक दलले गतिविधि गरेमा उक्त उम्मेदवारको मनोनयन नै रद्द गरिने छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका