जोडिनुहोस
  • होमपेज
  • आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक अभाव हुन नदिने मन्त्रीको प्रतिबद्धता

आगामी शैक्षिकसत्रमा पाठ्यपुस्तक अभाव हुन नदिने मन्त्रीको प्रतिबद्धता

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले आगामी शैक्षिकसत्र २०८० मा पाठ्यपुस्तक अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

आफूले भर्खरै शिक्षा मन्त्रालयको वागडोर सम्हाले पनि पाठ्यपुस्तक छपाइ र कागजको अवस्थाको बारेमा जानकार रहेको उनको भनाइ छ ।

राष्ट्रिय सभाको दिगो विकास तथा शुसासन समितिले हिजो सोमबार सरोकारवालासँग गरेको छलफलमा मन्त्री खनालले जीटूजी गरेर वा विशेष निर्णय गरेर भए पनि कागज अभाव हुन नदिने र नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने दाबी गरे ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अध्यक्ष एवं शिक्षा सचिव रामकृष्ण सुवेदी र जनक शिक्षा सामग्री संस्थान लिमिटेडका प्रबन्ध सञ्चालकसँगै राखेर मन्त्री खनालले भने ‘आगामी शैक्षिकसत्रका लागि पाठ्यपुस्तक अभाव हुन दिनेछैनौं ।’

उनले आफूले पाठ्यपुस्तक छपाइको अवस्थाबारे जनक शिक्षासँग लगातार जानकारी लिइरहेको समितिलाई जानकारी गराए ।
नेपाल समाचारपत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help