
काठमाडौं, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ । यसैगरी हरियो अंगुरको १५० रुपैयाँ, नेपाली सुन्तलाको १४० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ रहेको छ ।
यसैगरी नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २९ रुपैया, सेतो आलु २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, कागती १२० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी मूल्यमा कारोबार भइरहेको छ ।





































