काठमाडौं । आज बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको राजनीतिक संयन्त्रको बैठक स्थगित भएको हो ।
बरु सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भने पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच छलफल भने जारी छ ।
सरकारलाई सघाउन भन्दै एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो । प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचन र उम्मेदवार चयन प्रक्रियामा अविश्वास बढ्दै जाँदा आज संयन्त्रको बैठक बोलाइएको थियो ।
बैठकमा फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार छाडेपछि रिक्त मन्त्रालयबारे छलफल हुने तय थियो ।
दाहाल-ओलीबीच बुधबार भएको छलफलमा आज ९बिहीबार० संयन्त्रको बैठक बस्ने सहमति भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।
यसअघि गठबन्धन सम्बद्ध अन्य दलले संयन्त्रको बैठक राख्न आग्रह गरे पनि प्रधानमन्त्री दाहालले इच्छा देखाएका थिएनन् ।