जोडिनुहोस

हालको खबर

Bilan Expert Betify Casino Éléments Majeurs
  • ४ घन्टा अगाडि

Betify Casino – Examen Complet 91

  • ६ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • ६ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ८ घन्टा अगाडि
  • ८ घन्टा अगाडि
  • होमपेज
  • दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु

दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु

दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिनुभयो । उनका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।

भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अन्य चार घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी डा चापागाईले बताए ।

दैलेखको आठविस–६ माल्या जङ्गलमा बुधबार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Bilan Expert Betify Casino Éléments Majeurs