मियाओ— भारतको अरुणाचल प्रदेशको चाङ्लाङ जिल्लाको तिब्बती बस्तीमा तीन दशकअघि कार्पेट सेन्टरमा आबद्ध भएकी ५० वर्षीया तिब्बती महिला सोनम त्सोमोले आफ्नो जीवनमा पुनरागमन गरेकी छिन्।
आज, त्सोमो र उनका धेरै साथीहरूले बस्तीलाई आफ्नो घर बनाएका छन्, जहाँ उनीहरूले आफ्नो सपना बुन्ने गर्छन्। चोफेलिङ तिब्बती शरणार्थी शिविरमा रहेको कार्पेट सेन्टर सन् १९५९ मा चिनियाँ आक्रमणपछि १४ औं दलाई लामासँगै तिब्बतबाट भागेका ५०० जना तिब्बती शरणार्थी परिवारहरूको जिवनकेन्द्र हो।
अरुणाचल प्रदेशको चाङ्लाङ जिल्लाको उप—विभागीय मुख्यालय मियाओको बाहिरी भागमा तिब्बती शरणार्थीहरूले १९७५ मा स्थापना गरेका थिए । यो अहिले गलैँचाको प्रमुख बिक्री केन्द्र भएको छ। यहाँ बसोबास गर्नेहरू उत्कृष्ट गुणस्तरको ऊनी गलैंचा उत्पादन गर्नका लागि परिचित छन् । यो निर्यात पनि हुने गरेको छ। केन्द्रमा तीनवटा एम्बोसरसहित ३० जना गलैँचा बुन्ने दक्ष महिला रहेका छन्। “मैले यो क्राफ्ट सेन्टरमा सन् १९९० देखि काम गरिरहेको छु र यो मेरो लागि अद्भुत अनुभव हो। केन्द्रले सयभन्दा बढी तिब्बतीलाई रोजगारी दिएको छ,’ त्सोमोले भनिन् ।