जनकपुरधाम । महोत्तरीमा सामान्य विवादमा गोली चलेको छ । गोली लागेर रामगोपालपुर नगरपालिका १ बसबिट्टीका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।
गोली लागेर घाइते यादवको उपचार जनकपुरधामस्थित जानकी हेल्थ केयरमा भइरहेको छ । कन्चट र दाहिने कुममा गोली लागेका यादवलाई राति नै उपचारका लागि जानकी हेल्थ केयरमा ल्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुुमार गिरीले यादवमाथि दुई राउराण्ड गोली प्रहार भएको जानकारी दिए । गोली चलाएको आरोपमा ३८ वर्षीय कौशल मण्डललाई पक्राउ गरिसकेको र थप अनुसन्धान गरिरहेको बताए ।
मण्डलको साथबाट एक थान पेस्तोल र गोलीको तीन खोका बरामद भएको डीएसपी गिरीले बताए । उनका अनुसार गोली प्रहार किन गरेको कुरा खुल्न सकेको छैन ।