जोडिनुहोस

राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गरेका हुन् । कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरि स्थगित गरेका हुन् ।

कांग्रेसको आरोप : सभामुख सत्तारुढ दलका रबर स्ट्याम्प भए

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सत्तारुढ दलको रबर स्ट्याम्प बनेको आरोप लगाएको छ ।

कांग्रेसको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद् भवनबाट यस्तो आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधबीच सभामुखले प्रक्रिया अगाडि बढाएपछि शर्माले उनलाई रबर स्ट्याम्प भनेका हुन् ।  कांग्रेस सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिररहेका बेला शर्माले सभामुख घिमिरेलाई भनेका छन्, ‘संसद्‌मा आज सभामुख देखिनँ । देखिरहेको छु (रबर स्ट्याम्प) बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्रै ।’

बारामा दश महिनामा दुई करोड ४३ लाख राजस्व संकलन

कलैया– जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आवको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार तीन सय सवारीसाधनलाई कारबाही गरी दुई करोड ४३ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको जानकारी दिए।

त्यस अवधिमा सहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी एक सय ९२ सवारीसाधन दुर्घटना भएका थिए । महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको बताए।

त्यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने सवारीचालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडकछेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनालगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेका पौडलले जानकारी दिए।

प्रधानमन्त्रीको भनाइमा कांग्रेसको आपत्ति

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको अभिव्यक्तिमा आपत्ति जनाएको छ ।

प्रतिनिधि सभासमक्ष चोथो पटक विश्वासको मत माग्ने क्रममा सोमबार प्रधानमन्त्रीले आफूलाई कांग्रेसले रोकेको भन्दै त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।

‘कांग्रेसले आज बहुतै गलत गर्‍यो । जुन प्रधानमन्त्रीले पटकपटक साथ दियो, जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवाद र सहमतिको बाटोमा ल्याउन काम गरेको छ,’ उनले भनेका थिए, ‘तर तपाईंहरूले आज उही प्रधानमन्त्रीलाई विश्वासको मतमा रोक्नु भयो, मलाई अवरोध गर्नुभयो। तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा कलंकका रुपमा रहनेछ । तपाईंहरूलाई यसको चर्को मूल्य पर्ने छ । तपाईंहरूको गतिविधिको मूल्य एक दिन चुकाउनुपर्ने छ ।’

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि संसद्‍बाट बाहिरिने क्रममा कांग्रेस प्रवक्ता समेत रहेका प्रतिनिधि सभा सदस्य डा. प्रकाशशरण महतले प्रचण्डको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

‘प्रधानमन्त्रीले आज संसदमा जुन भाषा बोल्नुभयो, त्यो घोर आपत्तिजनक भाषा छ । यस्ता शब्द हाम्राविरुद्ध प्रयोग गर्नु आपत्तिजनक छ,’ उनले भने ।

खराब मौसमका कारण श्रीलंकामा दश हजारभन्दा बढी प्रभावित

कोलम्बो– तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलंकामा दश हजारभन्दा बढी व्यक्तिहरू प्रभावित भएको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले बताएको छ ।

केन्द्रका उपनिर्देशक तुसिथा वैद्यरत्नले भने, ‘भारी वर्षा र प्रतिकुल मौसमका कारण सोमबार बिहानसम्म तीन हजार ५१८ परिवारका १० हजार २९९ जना प्रभावित भएका छन् ।’

मौसमी प्रतिकुलताका कारण केही व्यक्ति घाइते भएका र केही घरमा आंशिक क्षति भएको वैद्यरत्नले बताए। घाइतेहरूको उपचारका लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दक्षिणपश्चिम मनसुन सुरु भएको कारण भारी वर्षा र तीव्र हावा आएको जनाउँदै मौसम सुधार हुन अझै केही समय लाग्ने उनले बताए।

यसैबीच, श्रीलंकाको केन्द्रीय मौसम विभागले यस हप्ता धेरै जिल्लाहरूमा १०० मिलिमिटरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएको छ ।

बालेन शाहद्वारा गिरिबन्धुले जसरी जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक

काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको गिरीबन्धु टि स्टेटलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने सरकारको निर्णयबारे टिप्पणी गरेका छन् । यस प्रकरणमा एक सय बढी कम्पनीको नाम सार्वजनिक गर्दै जग्गा सट्टा भर्ना प्रकरणमा ५० खर्बसम्मको खेलोफड्को भएको हुन सक्ने बालेन्द्रले बताएका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउनु पर्ने भन्दै निवेदन हालेका कम्पनीको नाम नै सार्वजनिक गरेका छन् । सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तिमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको शाहले उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागे पनि बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका पनि उल्लेख गरेका छन् ।

गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमिन बेच्न पाउने निवेदन हालेका थिए ।

यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तिमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ ।

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् ।

जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू :
१- केपी ओली ट्रस्ट
२ – रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर
३- केशरी चिया बगान पाँचथर
४- ओमटी गार्डेन प्रालि इलाम
५- सिद्धपोखरी टी–स्टेट प्रालि इलाम
६- इलाम टी–स्टेट इलाम
७- सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
८- माङमालुङ चियाबगान लि. इलाम
९- किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
१०- हिम चियाबगान प्रालि इलाम
११- फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
१२- रोनक टी–स्टेट झापा
१३- गोमादेवी टी–स्टेट झापा
१४- झापा टी–स्टेट झाप
१५- राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा
१६- कल्पना टी–स्टेट झापा
१७- मोहन टी–स्टेट इन्डस्ट्रिज झापा
१८- बज्रायोगिनी टी–स्टेट प्रालि झापा
१९- ज्यामिरगढी टी–स्टेट झापा
२०- राज टी–स्टेट झापा
२१- पदम टी–टेट झापा
२२- इलाम चियाबारी प्रालि झापा
२३- पौडेल बन्धु टी–स्टेट प्रालि झापा
२४- हिमाल इन्टरनेसनल प्रालि झापा
२५- नक्कलबन्दा टी–स्टेट झापा
२६- चकचकी टी–स्टेट झापा
२७- लक्ष्मी टी–स्टेट झापा
२८- सौरभ चिया उद्योग प्रालि झापा
२९- इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा
३०- चन्द्रगढी टी–स्टेट प्रालि झापा
३१- रोमन टी–स्टेट प्रालि झापा
३२- हडिया रियल टी–स्टेट प्रालि झापा
३३- प्रयास चिया उद्योग झापा
३४- ऋद्धि गणेश टी–स्टेट प्रालि झापा
३५- न्यू–गिरी एन्ड सन्स झापा
३६- गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा
३७- कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा
३८- जीपीको इराला फाउन्डेसन मोरङ
३९- इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
४०- जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा
४१- कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा
४२- मुँगा टी गार्डेन्स प्रालि धनकुटा
४३- चुलाचुली टी–स्टेट प्र.लि धनकुटा
४४- मारुती सिमेन्ट प्रालि सिरहा
४५- केचना टी–स्टेट प्रालि दोलखा
४६- सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु) गार्मा र तिङला, सोलु र रसुवा
४७- अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
४८- ग्रीनभेन्चर्स प्रालि रामेछाप
४९- हिमालय ऊर्जा विकास क-(अप्पर खिम्ती) चुचुरे रामेछाप
५०- रिलायन्स सुगुर एन्ड केमिकल्स इ।प्रालि बारा
५१- गिजरा खाडाखारी मिल प्रालि बाँके
५२- युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ
५३- इको अर्गानिक फार्मस प्रालि काभ्रे
५४- गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे
५५- तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र
५६- युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
५७- द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभ्रे
५८- आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट
५९- नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा
६०- लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
६१- आराभ नेपाल भोर्डन एग्रिकल्चर क। प्रालि लमजुङ
६२- हिमालयन पावर पार्टनरसिप लमजुङ
६३- होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा
६४- सान्जेन जलविद्युत् कं.लि रसुवा
६५- सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर
६६- घोरही सिमेन्ट उद्योग घोराही दाङ
६७- सोनापुर सिमेन्ट प्रालि दाङ
६८- रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा
६९- रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
७०- रोड सो रियल स्टेट प्रालि कास्की
७१- सैबु भिलेज रिसोर्ट प्रालि भैँसेपाटी ललितपुर
ललितपुर
७२- नारायणी उष्ट प्रालि ललितपुर
७३- ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर
७४- होमल्यान्ड हाउजिङ प्रा.ललितपुर
७५- सिभिल होम्स प्रालि ललितपुर काठमाडौं
७६- सैबु भिलेज रिसोर्ट प्रालि भैँसेपाटी ललितपुर
७७- पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर
७८- उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं
७९- सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
८०- सिनर्जी प्रोपर्टिज डेभलपर्स प्रालि दहचोक काठमाडौं
८१- एसबी कम्पनी प्रालि सीतापाइला, चितवन
८२- सांग्रिला हाउजिङ प्रालि काठमाडौं
८३- सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं
८४- बागमती प्रपर्टी डिलर्स प्रालि। काठमाडौं भक्तपुर
८५- युरो इन्भेस्टमेन्ट प्रालि काठमाडौं
८६- आयुषा डेभलपर्स प्रालि काठमाडौं
८७- कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं
८८- हेभेन्स भिलेज प्रालि काठमाडौं
८९- बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं
९०- होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं
९१- पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं
९२- टावर हाउजिङ प्रालि काठमाडौं चितवन
९३- टचउड हाउजिङ प्रालि काठमाडौं
९४- सुभारम्भा हाउजिङ एन्ड डेभलपर्स प्रालि
९५- सीडी डेभलपर्स प्रालि काठमाडौं
९६- सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं
९७- तनहुँ हाइड्रोपावर लि.तनहुँ
९८- लिवर्टी इनर्जी क.लि. लमजुङ
९९- काबेली इनर्जी पाँचथर
१००- हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा
१०१- गिरिबन्धु टी–स्टेट प्रालि झापा

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् ।

प्रतिनिधिसभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको हो । सभामुख देवराज घिमिरेका अनुसार विपक्षमा शून्य मत पनि परे भने विपक्षमा एक मत परेको छ ।

यो बैठकमा १५८ जना सांसद् उपस्थित थिए ।

कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डले भने- तपाईंहरूले आज गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि आक्रोश पोखेका छन् ।

गत वैशाख ३१ गतेकै निर्णयअनुसार सोमबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेससँग आक्रोश पोखेका हुन् ।

‘कांग्रेसले आज बहुतै गलत गर्‍यो । जुन प्रधानमन्त्रीले पटक पटक साथ दियो, जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवाद र सहमतिको बाटोमा ल्याउन काम गरेको छ’, उनले भने, ‘तर तपाईंहरूले आज उही प्रधानमन्त्रीलाई विश्वासको मतमा रोक्नु भयो, मलाई अवरोध गर्नुभयो।’

प्रचण्डले कांग्रेसको आजको गतिविधि इतिहासमा कलंकका रुपमा रहने बताए । ‘तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा कलंकका रुपमा रहनेछ’, उनले भने, ‘तपाईंहरूलाई यसको चर्को मूल्य पर्ने छ । तपाईंहरूको गतिविधिको मूल्य एक दिन चुकाउनुपर्ने छ ।’

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् ।

विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए ।

‘अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।’

सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले भने : सरकार सबैजसो मोर्चामा सफल भएको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको दोश्रो बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको बताए ।

उनले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने समेत बताए। सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नीति तथा कार्यक्रम र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोगबिना पूरा हुन नसक्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोगबिना पूरा हुन नसक्ने पनि बताएका छन् ।

उनले देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोगको आवश्यकता रहेको धारणा राखे। लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप आवश्यक रहेको उनको भनाइ छ ।

सङ्घीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि पनि आफूले विश्वास पाउनुपर्ने पनि दाहालले बताएका छन् ।

एनसेललाई नवीकरणका लागि जेठ १५ भित्र २० अर्ब बुझाउन प्राधिकरणले पठायो पत्र

काठमाडौं– मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई नवीकरणका लागि यही जेठ १५ गतेभित्र २० अर्ब नवीकरण दस्तुर र निवेदन पेस गर्न दूरसञ्चार प्राधिकरणले पत्र पठाएको छ ।

आगामी भदौ १५ गते सो कम्पनीको २० वर्षे अनुमति पत्रको म्याद सकिने भएकोले ३ महिना अगाडि नै नवीकरण गर्नुपर्ने प्रावधानअनुसार प्राधिकरणले पत्र पठाएको हो । नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ अनुसार नेपालमा सञ्चालनमा रहेका टेलिकम कम्पनीहरूले अनुमति पत्र लिने र नवीकरण गर्ने कार्य गर्दै आएका छन् । सो व्यवस्थाअनुसार मोबाइल सेवा प्रदायक कम्पनीहरूले एकपटकमा २५ वर्षे अनुमति पत्र लिएपछि त्यसको पहिलोपटक १०, दोस्रोपटक १५ र तेस्रोपटक २० वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ ।

सोहीअनुसार प्राधिकरणले अग्रिम जानकारीका लागि पत्र पठाएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले खबरहबलाई बताए । ‘एनसेलको अनुमति पत्रको म्याद आगामी भदौ १५ गते सकिँदैछ, त्यसको ३ महिना अगाडि नै उसले नवीकरणको लागि दस्तुर सहित निवेदन दिनुपर्ने हुन्छ, सोही अनुसार रिमाइन्डको लागि पत्र पठाएका हौं’, पौडेलले भने । उनका अनुसार प्राधिकरणले जेठ ४ गते नै एनसेललाई पत्र पठाएको छ र उसले जेठ १५ गतेभित्र २० अर्ब रुपैयाँ सहित नवीकरणको लागि निवेदन दिनुपर्ने हुन्छ ।

तत्कालीन मेरो मोबाइल (हालको एनसेल)ले २०६१ सालमा बोलकबोल प्रक्रियाबाट अनुमतिपत्रको नवीकरण गर्दा २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउने बोलकबोल गरेको थियो । सोहीअनुसार एनसेलले नवीकरणका लागि २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ भने नवीकरण अनुमतिपत्रको लागि थप रकम बुझाउनुपर्नेछ ।

वैशाख २९ गतेमात्रै अनुमतिपत्र नवीकरण गरेको नेपाल टेलिकमले ऐन तथा नियमावलीअनुसार नवीकरण दस्तुरबापत २० अर्ब र अनुमतिपत्र बापत २१ करोड रकम बुझाइसकेको छ । तोकिएको समयमा नवीकरण नगराए अनुमतिपत्र स्वतः रद्द हुने व्यवस्था दूरसञ्चार ऐन तथा नियमावलीमा गरिएको छ ।

०८० फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले २५ वर्ष समाप्ति भएपछि नेपाल सरकारको स्वामित्वमा आउने गरी मात्रै र कम्पनीको कायम रहेको शेयर संरचनामा कुनै फेरबदल नगर्ने सर्तमा मात्रै एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीले नाराबाजी गरिरहेको कांग्रेससँग पनि मागे विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले राष्ट्र निर्माणका लागि आफूलाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरेका हुन्। यद्यपि उनले विश्वासको मत मागिरहँदा कांग्रेसका सांसदहरूले भने वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

‘प्रतिपक्षका साथीहरूलाई आग्रह राष्ट्र निर्माणका लागि विश्वासको मत दिनुस्’, उनले भने, ‘राष्ट्र निर्माणमा संसद् विभाजित छैन भन्ने सन्देश दिन विश्वासको मत दिनुस् ।’ प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदा कांग्रेस सांसदहरू भने सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन् ।