जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीले नाराबाजी गरिरहेको कांग्रेससँग पनि मागे विश्वासको मत

प्रधानमन्त्रीले नाराबाजी गरिरहेको कांग्रेससँग पनि मागे विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधनका क्रममा उनले राष्ट्र निर्माणका लागि आफूलाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरेका हुन्। यद्यपि उनले विश्वासको मत मागिरहँदा कांग्रेसका सांसदहरूले भने वेल घेराउ गरेर नाराबाजी गरिरहेका छन् ।

‘प्रतिपक्षका साथीहरूलाई आग्रह राष्ट्र निर्माणका लागि विश्वासको मत दिनुस्’, उनले भने, ‘राष्ट्र निर्माणमा संसद् विभाजित छैन भन्ने सन्देश दिन विश्वासको मत दिनुस् ।’ प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदा कांग्रेस सांसदहरू भने सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Die Entwicklung der Casino -Treueprogramme