जोडिनुहोस

इराकद्वारा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान

काठमानडौं – इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को सञ्चालन समाप्त गर्न अनुरोध गरेको छ ।

प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रद्वारा गठित स्वतन्त्र रणनीतिक समीक्षा टोलीको निष्कर्षका आधारमा इराकले युएनएएमआईलाई सन् २०२५ सम्म सहयोग मिसन समाप्त गर्नका लागि गरेको अनुरोध पर्याप्त समयरेखा हुने उल्लेख छ । विज्ञप्तिमा इराकी सरकारले इराकको अनुरोध र स्वतन्त्र रणनीतिक समीक्षा टोलीको सिफारिसको जवाफमा मे महिनाको अन्त्यसम्ममा संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको अपेक्षा गरिएको जनाएको छ ।

इराकी सरकारको अनुरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सन् २००३ मा स्थापना गरिएको युएनएएमआई विशेष राजनीतिक मिसन हो । समावेशी, राजनीतिक संवाद, राष्ट्रिय र सामुदायिक स्तरमा मेलमिलाप अगाडि बढाउनु, इराकको सरकार र जनतालाई सल्लाह, समर्थन र सहयोगको गर्नु यसको प्राथमिकता हो ।

यसले चुनावी प्रक्रियामा पनि सहयोग गर्ने, इराक र छिमेकीबीचको क्षेत्रीय संवादलाई सहज र मानव अधिकारको संरक्षण र न्यायिक र कानुनी सुधारको लागि प्रवर्द्धन गर्दै आएको छ ।

दिल्लीमा बसेर मानव तस्करी, तीन जना पक्राउ

काठमाडौं– दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र सोही ठाउँका ४८ वर्षीय जंगबहादुर बिक रहेका छन्। उनीहरूलाई सोमबार कञ्चनपुर गड्डा चौकीनजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए।

प्रतिव्यक्ति चार लाखभन्दा बढी रकम तलब हुने भन्दै उनीहरूले अमेरिकाका लागि प्रतिव्यक्ति ४० देखि ५० लाख रकम संकलन गरेको पाइएको छ। क्यानडाको लागि उनीहरूले २२ देखि ३० लाख रुपैयाँसम्म उठाउँथे। अमेरिका र क्यानडा पठाइदिने भन्दै गिरोहले १० जना पीडितबाट ५ करोड ५० लाख रुपैयाँ रकम लिएको खुलेको छ।

यी तिनै जना नयाँदिल्लीमा बसेर संगठित रुपमा मानव तस्करी गर्ने गर्थे। उनीहरूले नेपालमा टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई एजेन्टको रूपमा राख्ने गरेका थिए। शेर्पात्रयलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ। अमेरिका लैजाँदा उनीहरूले दुबई ट्रान्जिट बनाउने गर्ने। त्यहाँबाट केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसेर ६ देखि ९ महिनासम्म पीडितलाई अलपत्र पारेर राखेको पाइएको भट्टराईले बताए।

‘केन्या र युगान्डामा सम्बन्धित देशको नागरिकसमेतलाई एजेन्ट राख्ने गरेको अनुसन्धानमा खुलेको छ,’ भट्टराईले भने। अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिकोमध्ये कुनै एउटा रुट प्रयोग गर्ने गरेको खुलेको छ। तामाङ, बराल र विक दिल्लीको पहाडगञ्जस्थित होटलमा बस्ने गर्थे।

‘उनीहरूले पीडितहरू अमेरिका प्रवेकलगत्तै जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुनी व्यवसायी प्रयोग गरी जेलमुक्त गरेर रोजगारीमा लगाउने भन्दै पहिले नै विश्वासमा पार्ने गरेको थाहा भएको छ,’ भट्टराईले भने। पक्राउ परेका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

कांग्रेसको बहिष्कारबीच मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

विराटनगर– मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

वैशाख २७ गते संविधानकाे धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले विश्वासको मत लिनका लागि अहिले बैठक बसिरहेको छ ।कार्कीलाई एमालेका ३९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ मध्ये ३ र जसपाकाे १ सांसदले मत दिँदै छन् । एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई बैठकमा अनुपस्थित छन् । उनी पार्टी पोलिट्ब्युरो बैठकका लागि काठमाडौंमा छन् ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । तर कार्कीको पक्षमा ५७ मत देखिएको छ ।विश्वासको मतका लागि बसेको बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट हालिएकाले त्यसको किनारा नलागुन्जेल विश्वासको मत लिन नहुने पक्षमा कांग्रेस थियो । प्रतिपक्षी दलकाे प्रतिनिधित्व गर्दै प्रदेशसभामा राप्रपा उपस्थित छ ।

मुख्यमन्त्री कार्कीद्ये सर्वोच्चमा चलिरहेको मुद्दाबारे पनि बोले । उनले अदालतले दिने निर्णयलाई आफूले मानेर जाने बताए । संविधानवादमा विश्वास गर्ने भएकोले संविधानका प्रावधान र विधिशास्त्रलाई मान्ने उनको भनाइ छ ।‘सबै सांसदको आशा, भरोसा र टुट्न दिने छैन । प्रदेशबासीको शिर झुक्न दिने छैन,’ कार्कीले सम्बोधनका क्रममा भने ।

देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।

नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो । नगरपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेका हुन् ।

नगरपालिकामा आर्थिक वर्ष २०८०-८१ मा वडा नं १ देखि १७ सम्मका १५ महिना मुनिका आठ सय ७६ बालबालिकालाई पूर्ण खोप लगाइएको छ । त्यस्तै आर्थिक वर्ष २०७९-८० मा वडा नं १ देखि १७ सम्मका १६ महिनादेखि ५९ महिना मुनिका दुई हजार चार सय सात बालबालिकालाई खोप लगाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए।

नगरपालिकामा रहेका एउटा नगर अस्पताल, तीन स्वास्थ्य चौकी, १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २१ खोप केन्द्रबाट २० जना खोप कार्यकर्ताले पालिकाका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम पूरा गरिएको जनाएका छन् ।

नगरपालिका खोप समन्वय समितिका संयोजकसमेत रहेका नगरप्रमुख हरिप्रसाद न्यौपानेले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका खोपबाट कहिल्यै बञ्चित हुन नहुने बताए। उनले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै यसमा स्वाथ्यकर्मीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने बताए ।

यस पालिका विसं २०७० चैत १२ मा पहिलोपटक पूर्ण खोप नगर घोषणा भएको थियो । पालिकालाई हालसम्म पूर्ण खोप नगरपालिकाको सुनिश्चितता एवं दिगोपनालाई निरन्तरता दिइरहेको छ । आगामी वर्षमा पनि यस कार्यलाई निरन्तर राख्न स्थानीय सरोकारवालाले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

पेस्तोलसहित एकजना पक्राउ

किमाथांका– सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले चैनपुर नगरपालिका–१ नूनढाकीका ४२ वर्षीय दिलकुमार चोङवाङ रहेको जानकारी दिए।

पेस्तोल बोकेर हिँडडुल गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरी चौकी नूनढाकी र सङ्खुवासभाको संयुक्त प्रहरी टोलीले एक थान कटुवा पेस्तोलसहित चोङवाङलाई आइबार पक्राउ गरिएको प्रहरी निरीक्षक जबेगुले बताए ।

बरामद भएको कटुवा पेस्तोलसहित चोङवाङविरुद्व मुलुकी अपराधसंहिता, २०७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

श्रीलंकाका पूर्वराष्ट्रपति सिरिसेनाले दिए एसएलएफपीको अध्यक्षबाट राजीनामा

कोलम्बो– श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी)को अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले मन्त्री विजयदास राजापक्षेलाई आफ्नो स्थानमा नियुक्त गरेका छन् ।

सिरिसेनाको नेतृत्वमा रहेको एसएलएफपी गुटले आइतबार कोट्टेको एक होटलमा उनलाई भेटेपछि यो नियुक्ति गरिएको हो । मतदानपछि राजापक्षेलाई पार्टीको नयाँ अध्यक्षमा नियुक्त गरिएको थियो ।

यसै क्रममा वकिल कीर्ति उदावत्तेलाई पनि एसएलएफपीको कार्यवाहक महासचिवमा नियुक्त गरिएको छ । यद्यपि पूर्वराष्ट्रपति चन्द्रिका कुमारतुङ्गाको नेतृत्वमा रहेको एसएलएफपी गुटले नियुक्तिलाई मान्यता नदिएको बताएको छ ।

कोलम्बो गजेटका अनुसार पार्टीका सांसद दुमिन्दा दिसानायकले सिरिसेनाले गरेको नियुक्ति ‘अवैध’ भएको बताएका छन् ।

उपेन्द्र निस्किए, प्रदीप आजै स्वास्थ्यमन्त्री

काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयबाट राजीनामा दिएका छन् ।

सो पछि फुटेको अशोक राईको जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी भएको छ । जसपाका नेताका अनुसार यादवको शपथ आजै हुने सम्भावना पनि छ । यता अध्यक्ष राईले खबरहबलाई भने, ‘प्रधानमन्त्री ज्यूले तयारी गर्नु भन्नु भएको छ । तर शपथ आज या भोलि हुन्छ निधो छैन ।’

तत्काल सरकारलाई सन्तुलनमा ल्याउन यादवलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको हो । पछि पुन सरकारको सन्तुलन मिलाउन पनि सकिने बताइएको छ ।

राजीनामा दिनुअघि महन्थलाई भेट्न पुगेका उपेन्द्रले पाएनन् लोसपाको साथ

काठमाडौं– सरकारबाट बाहिरिनु अगाडि उपेन्द्र यादवले महन्थ ठाकुरको घरमै पुगेर भेटेका छन् ।

सोमबार बिहान ठाकुरको घरमा पुगेर उपेन्द्रले आफूलाई साथ दिन भनेका थिए, तर महन्थले विगतमा उपेन्द्रले आफूलाई गरेको घात सम्झदै साथ नदिने बताएको महन्थको सचिवालयले बताएको छ । बिहान ८ बजे तिर भएको भेटमा अध्यक्ष यादवले मधेस प्रदेशको सरकारमा सहयोग गर्न समेत आग्रह गरे । जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि सो सरकार अहिले अल्पमतमा परेको छ ।

कांग्रेस, एकीकृत समाजवादी र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर उपेन्द्र ठाकुरसँग सहयोग माग्न पुगेका हुन् । यता ठाकुर पक्ष एमाले, जनमत र नेकपा एकीकृत समाजवादीसँग नजिकिएको छ ।

मोहन्यालका ग्रामीण सडकको स्तरोन्नति

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने मोहन्याल गाउँपालिका क्षेत्रभित्रका ट्रयाक खोलिएका ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु भएको छ । ट्रयाक खुलेका कच्ची सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्न ग्रामीण सडकको स्तरोन्नतिको काम सुरु गरिएको हो ।

सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा र खिमडी–वीरखेत सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम सुरु भएको गाउँपालिकाका इञ्जिनियर योगेन्द्र भण्डारीले बताएका छन् । सिमली–खिमडी सडकको सात किलोमिटर स्तरोन्नतिका लागि श्रीधर वसन्त निर्माण सेवा मोहन्यालसँग रु ५२ लाख ५५ हजारमा ठेक्का सम्झौता भएर काम सुरु भएको उनले बताए ।

सोल्टा–ताम्चा–राम्सा सडकको सात किलोमिटरका लागि रोहित निर्माण सेवा बाजुरासँग रु ५७ लाखमा ठेक्का सम्झौता भएको जनाइएको छ । खिमडी–वीरखेत सडकको नयाँ ट्रयाकसँगै स्तरोन्नतिको काम उपभोक्ता समितिमार्फत रु ३५ लाखमा सम्झौता भएको इञ्जिनियर भण्डारीले जानकारी दिए।

सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको समपूरक अनुदान र खिमडी–वीरखेत सडक तराई–मधेस समृद्धि कार्यक्रममार्फत बजेट विनियोजन गरिएको इञ्जिनियर भण्डारीले जानकारी दिए । ती दुई निर्माण कम्पनीले गाउँपालिकासँग गत चैतमा सम्झौता गरी चालु आर्थिक वर्षको असारसम्म स्तरोन्नतिको काम सम्पन्न हुने गरी काम धमाधम भइरहेको इञ्जिनियर भण्डारीको भनाइ छ ।

साँघुरो सडकलाई चौडा गर्ने, पर्खाल लगाउने र आवश्यकताअनुसार नाली निर्माण र ग्याबिङ जाली भर्ने काम निर्माण कम्पनीले गरिरहेको गाउँपालिकाले जनाएको छ । स्तरोन्नति हुन लागेको सडकमध्ये सिमली–खिमडी, सोल्टा–ताम्चा–राम्सा सडकको २०७५ साल अघि नै ट्रयाक खुलेको जनाइएको छ । मोहन्याल गाउँपालिका पहाडी भेगमा पर्ने भएकाले स्तरोन्नतिका लागि विनियोजन गरिएको बजेट पर्याप्त नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्दले बताए ।

मोहन्यालका सातवटै वडा कार्यालय सडक सञ्जालसँग जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए। ट्रयाक खोलिएका सडकको स्तरोन्नति नहुँदा यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य हुनुपरेको स्थानीयको भनाइ छ । सडक स्तरोन्नतिपश्चात् यात्रा र सामान ढुवानी गर्न सहज हुने मोहन्याल–४ का पूर्ववडाध्यक्ष टेकेन्द्र बोगटीले बताए ।

विगतमा सडक यातायातको पहुँच नहुँदा पिठ्यूँमा भारी बोक्नुपर्ने बाध्यता रहेकामा अब सो गाउँपालिकाका सबै वडा सडक यातायातसँगै जोडिएकाले यहाँ उत्पादित फलफूललगायत कृषिजन्य वस्तुले सहजरुपमा बजार पाउने विश्वास गरिएको बोगटीको भनाइ छ ।

पाहा मार्न गएका युवा खोलामा बेपत्ता

ओखलढुङ्गा– ओखलढुङ्गामा खोलामा पाहा मार्ने क्रममा एकजना बेपत्ता भएका छन् ।

आइतबार साँझ साढे सात बजेको समयमा चिशङ्खुगढी गाउँपालिका–७ ठोट्ने खोलामा साथीहरूसँग पाहा मार्न गएका सिद्धिचरण नगरपालिका–५ चुप्लुका २९ वर्षीय सन्तोष राई बेपत्ता भएका हुन् । पाहा मार्ने क्रममा चिप्लिएर राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिए ।

प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता राईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

जेठ ३ गते विश्वासको मत लिने मुख्यमन्त्री सोडारीको तयारी

काठमाडौं- कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई राहत भएको छ ।

कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई आफ्नो अडान त्याग्दै केन्द्रको निर्देशनअनुसार वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गर्न तयार भएपछि सोडारी ढुक्क भएका हुन् । गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले यसअघि सुदूरपश्चिम प्रदेशमा दुई पटकसम्म विश्वासको मत लिने जमर्को गरे ।

तर केन्द्र सरकारविरुद्ध अध्यक्ष माधव नेपालको गतिविधिले रुष्ट एमाले अध्यक्ष केपी शर्मा ओलीले सोडारीलाई तत्कालै विश्वासको मत नदिन निर्देशन नै जारी गरे । मुख्यमन्त्री सोडारीले गत २० वैशाखमा विश्वासको मत लिन खोजेका थिए, तर एमाले तयार भएन । एमालेको अडानका कारण विश्वासको मतका लागि बोलाइएको प्रदेश सभा बैठक २१ गतेलाई सारियो । वैशाख २१ मा पनि आफूहरूसँग छलफल नगरी मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको भन्दै एमाले मानेन । २१ गते पनि प्रदेश सभा बैठक बस्न नसक्दा सोडारीको विश्वासको मतको योजना तुहियो ।

यता कोशी प्रदेशमा एमालेका कार्कीलाई एकीकृत समाजवादीका ४ सांसदले सोमबार विश्वासको मत दिन लागेका हुन् । समाजवादीको यो निर्णयसँगै कार्कीको पक्षमा उभिने सांसदको संख्या ५७ पुगेको छ । कोशीमा एमालेका हिक्मत कार्कीको पक्षमा समाजवादी उभिएसँगै सुदूरपश्चिचका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिन लागेको पूर्व अर्थमन्त्री नरेश शाहीले खबरहबलाई बताए । उनले भने, ‘हामी जेठ ३ गते विश्वासको मत लिँदै छौँ ।’

सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अब सोडारीलाई विश्वासको मत दिने बताए । ‘उहाँहरूलाई हाम्रो साथ छ । ४ गतेसम्म समय छ । हाम्रा साथी दमनजी बुवाको काजकिरियाकमा भएकाले वैशाखमा दिन पाइएन’, उनले भने । मुख्यमन्त्री सोडारीले पनि एकदुई दिनभित्रमै विश्वासको मत लिने खबरहबलाई बताए । उनले भने, ‘मलाई सहज छ । अब एक दुई दिनमै विश्वासको मत लिन्छु ।’

सत्ता गठबन्धनमै रहेर पनि ओली र नेपालबीच अझै सुमधुर सम्बन्धन बन्न सकेको छैन । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेतासँग छलफल गरेर प्रदेशमा सहज वातावरण बनाएका हुन् । आइतबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गरेका थिए । त्यसपछि ओलीले कोशीमा एमालेलाई एकीकृतले सघाएपछि सुदूरपश्चिममा पनि सोडारीलाई सघाउने बताएका थिए ।

यससँगै सत्ता गठबन्धन नेताबीचको तनाव पनि केही कम भएको छ । उता मधेसमा पनि तत्काललाई जनमतलाई नभित्र्याएर एमाले नेतृत्वकै सरकार बनाउने बाटो खोलिएको छ । कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई पार्टीको पोलिटब्युरो बैठकका लागि काठमाडौं आएका छन् । यस्तोमा अध्यक्ष नेपालले राईलाई विज्ञप्ति नै निकाल्न लगाएर एमालेका कार्कीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएका छन् ।

आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई काठमाडौंमा भेटेर आग्रह गरेका थिए । त्यसपछि एमालेसँग एक चरण कुरा गरेपछि सहमति भएको हो ।काठमाडौं- कोशी प्रदेशमा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएपछि सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई राहत भएको छ । कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई आफ्नो अडान त्याग्दै केन्द्रको निर्देशनअनुसार वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गर्न तयार भएपछि सोडारी ढुक्क भएका हुन् ।

गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त एकीकृत समाजवादी संसदीय दलका नेता सोडारीले यसअघि सुदूरपश्चिम प्रदेशमा दुई पटकसम्म विश्वासको मत लिने जमर्को गरे । तर केन्द्र सरकारविरुद्ध अध्यक्ष माधव नेपालको गतिविधिले रुष्ट एमाले अध्यक्ष केपी शर्मा ओलीले सोडारीलाई तत्कालै विश्वासको मत नदिन निर्देशन नै जारी गरे ।

मुख्यमन्त्री सोडारीले गत २० वैशाखमा विश्वासको मत लिन खोजेका थिए, तर एमाले तयार भएन । एमालेको अडानका कारण विश्वासको मतका लागि बोलाइएको प्रदेश सभा बैठक २१ गतेलाई सारियो । वैशाख २१ मा पनि आफूहरूसँग छलफल नगरी मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको भन्दै एमाले मानेन । २१ गते पनि प्रदेश सभा बैठक बस्न नसक्दा सोडारीको विश्वासको मतको योजना तुहियो ।

यता कोशी प्रदेशमा एमालेका कार्कीलाई एकीकृत समाजवादीका ४ सांसदले सोमबार विश्वासको मत दिन लागेका हुन् । समाजवादीको यो निर्णयसँगै कार्कीको पक्षमा उभिने सांसदको संख्या ५७ पुगेको छ ।

कोशीमा एमालेका हिक्मत कार्कीको पक्षमा समाजवादी उभिएसँगै सुदूरपश्चिचका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिन लागेको पूर्व अर्थमन्त्री नरेश शाहीले खबरहबलाई बताए । उनले भने, ‘हामी जेठ ३ गते विश्वासको मत लिँदै छौँ ।’

सुदूरपश्चिम एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले अब सोडारीलाई विश्वासको मत दिने बताए । ‘उहाँहरूलाई हाम्रो साथ छ । ४ गतेसम्म समय छ । हाम्रा साथी दमनजी बुवाको काजकिरियाकमा भएकाले वैशाखमा दिन पाइएन’, उनले भने ।मुख्यमन्त्री सोडारीले पनि एकदुई दिनभित्रमै विश्वासको मत लिने खबरहबलाई बताए । उनले भने, ‘मलाई सहज छ । अब एक दुई दिनमै विश्वासको मत लिन्छु ।’

सत्ता गठबन्धनमै रहेर पनि ओली र नेपालबीच अझै सुमधुर सम्बन्धन बन्न सकेको छैन । यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै नेतासँग छलफल गरेर प्रदेशमा सहज वातावरण बनाएका हुन् ।आइतबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेश सरकारबारे छलफल गरेका थिए । त्यसपछि ओलीले कोशीमा एमालेलाई एकीकृतले सघाएपछि सुदूरपश्चिममा पनि सोडारीलाई सघाउने बताएका थिए ।

यससँगै सत्ता गठबन्धन नेताबीचको तनाव पनि केही कम भएको छ । उता मधेसमा पनि तत्काललाई जनमतलाई नभित्र्याएर एमाले नेतृत्वकै सरकार बनाउने बाटो खोलिएको छ । कोशीमा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई पार्टीको पोलिटब्युरो बैठकका लागि काठमाडौं आएका छन् । यस्तोमा अध्यक्ष नेपालले राईलाई विज्ञप्ति नै निकाल्न लगाएर एमालेका कार्कीलाई विश्वासको मत दिने निर्णय गर्न लगाएका छन् ।

आफू अप्ठेरोमा परेको भन्दै सोडारीले पनि कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन राईलाई काठमाडौंमा भेटेर आग्रह गरेका थिए । त्यसपछि एमालेसँग एक चरण कुरा गरेपछि सहमति भएको हो ।

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेट, नीति तथा कार्यक्रम प्रस्तुतबारे छलफल

काठमाडौं– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।

भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्का दुवै सदनबाट प्रस्तुत गर्दै छन् । सोही सन्दर्भका घिमिरे र दाहालबीच भेटघाट भएको हो । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा भोलिको सभालाई सभ्य बनाउने कुराकानी समेत भएको छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै निरन्तर सदन अवरोध गरिरहेको छ ।