जोडिनुहोस

माओवादी स्थायी समितिको बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो ।

सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा अभियानबारे समीक्षा र तराई मधेश अभियान चलाउने निर्णय भए पनि कार्यविभाजन गर्न बाँकी रहेको छ। जुन आज सकाउने बुझिएको छ ।

साथै, माओवादीले रूपान्तरण अभियानमा सक्रिय रहेका तीन नेतालाइ सम्मान र कमजोर कार्यसम्पादन गर्ने नेतालाइ सजाय गर्ने पनि जनाइएको छ ।

आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बालिका चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौँ । थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् ।

शुक्राबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।

सनसिटी अपार्टमेन्ट पछाडि बस्ने महिलाले बच्चा चोरेको प्रहरीले बताएको छ । बच्चा चोरी गर्ने महिलाले सुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ । पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् ।

बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।

बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो । सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो ।

आजको मौसम कहाँ कस्तो ? पानी पर्छ कि पर्दैन ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको पहाडी भू-भागका थोरै स्थानमा साथै मधेश र लुम्बिनी प्रदेशका तराई भुभागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुग्नुभएका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच आज भेटवार्ता भएको हो ।

विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन् । साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा सक्रिय सहभागिता देखेर खुसी लागेको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका छन्।

यही फागुन ९ गते नयाँदिल्ली प्रस्थान गर्नुभएका मन्त्री साउदले उक्त मञ्चलाई आज सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

रुकुम पश्चिममा भूकम्पपछि २८ हजार अस्थायी आवास निर्माण

रुकुम पश्चिम । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ। चार महिनामा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ।

सबैका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। जिल्लाभर सात हजार तीन हजार ९१२ अस्थायी आवास निर्माणको चरणमा छन्। जिल्लामा लाभग्राही पहिचान भएका ३१ हजार ९६२ मध्ये अझै तीन हजार ९२८ परिवारको अस्थायी आवास निर्माण हुन बाँकी रहेको सहायक प्रजिअ बढुवालले बताए।

हालसम्मम सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा आठ हजार ९३३ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा ७०८ अस्थायी आवास निर्माण गरिएको छ। चौरजहारी नगरपालिकामा ६ हजार १९४, सानीभेरी गाउँपालिकामा पाँच हजार ७२१, त्रिवेणी गाउँपालिकामा तीन हजार ४९४ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका दुई हजार ९९३ अस्थायी आवास निर्माण गरिएको सहायक प्रजिअ बढुवालले जानकारी दिए।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ९६२ लाभग्राहीका लागि स्थानीय विपद न्यूनीकरण कोषमा २५ हजारका दरले ७९ करोड ९० लाख रुपैयाँ पठाएको छ। स्थानीय विपद् कोषबाट भने ३० हजार २३१ लाभग्राहीले २५ हजारका दरले ७५ करोड ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

अब जिल्लामा पहिचान भएका एक हजार ७३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

एक महिना लामो श्रीस्वस्थानी ब्रत आज समापन गरिंदै

काठमाडौं ।पौष शुक्ल पूर्णिमादेखि हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज समापन गरिंदैछ । आजभन्दा एक महिनाअघि अर्थात् पौष शुक्ल पूर्णिमादेखि श्री स्वस्थानी व्रतकथा शुरु भएको थियो ।

ब्रत समाप्तिको अवसरमा आज काठमाडौंको साँखुको शालीनदीमा व्रतालुहरूको विशेष भीड लाग्ने गरेको छ । यसका साथै देशका विभिन्न जलाशययुक्त स्थानमा पनि श्रद्धालु भक्तजनहरूको भीड हुने गरेको छ ।

हात गोडाका नङ काटी नुहाइधुवाइ, शुद्ध चोखो लुगा लगाई सक्नेले एक महिनासम्म र नसक्नेले शुरु र आज अन्तिमदिनमा व्रत लिन्छन् ।

रातो पहिरन, सिन्दूर र हातमा रातो चुरामा सजिएकी विवाहिता महिलाले आफ्नो श्रीमान्‌को दीर्घायु तथा सम्पन्नताको कामना गर्दछन् भने अविवाहिताले श्री बृद्धि तथा राम्रो भविष्य तथा सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्दछन् ।

धार्मिक रूपमा एक महिनासम्म मनाइने, स्वस्थानी देवीको कथा वाचन तथा श्रवण गरिने, विधि विधान अनुसार व्रत आरम्भ गर्ने तथा समापन गर्ने गरिन्छ ।

आज २०८० साल फागुन १२ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। धेरै बोल्ने तर क्षति नगर्ने साथी धेरै छन्। रोगबाट मुक्त हुने योग छ। सामाजिक संस्थामा सफलता मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः श्रम गर्नुपर्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। पाथिभराको स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँग सुझाव लिएर काम गर्नु राम्रो हुनेछ।

मिथुनः समय राम्रो छ। परिवारसँगको भेटघाटले मनमा सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा ठगले सताउने खतरा देखिन्छ। मनको कुरा अरुलाई नभन्नु राम्रो हुन्छ।

कर्कटः दिन राम्रो छ। चन्द्रमा दाहिना छन्। सम्पत्ति कमाउने योग छ। नजानिदो गरी धनमा आँखा लगाउने समूहले पछ्याउने देखिन्छ। निष्ठामा रहनु राम्रो हुन्छ। परिवारको सहयोग अटुट रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः दैनिकी राम्रो छ। चन्द्रमाको पूर्ण दृष्टि भएकाले सोचेका काम बन्नेछन्। आर्थिक वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। सामाजिक काममा मन जानेछ। परिवारमा भने समस्या हुनसक्छ। प्रेम सम्बन्धमा खटपटीको योग छ।

कन्याः दिन राम्रो छ। खानपानमा आफ्नो ख्याल आफैले गर्नुपर्छ। कर्मयोगबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। अरुको कुरा काट्ने साथीहरु शान्त रहनेछन्। परिवारको साथ र सहयोग अटुट रहनेछ।

तुलाः दिन राम्रो छ। आज खुला मनले हिम्मत गर्नुपर्ने देखिन्छ। लगानीको क्षेत्रमा उत्साह थपिने छ। शिक्षा र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। समाजसेवामा मन जानेछ। मिठो खानेकुरा खान पाइने योग छ।

वृश्चिकः समय सामान्य छ। फजुल खर्च बढ्ने योग छ। बन्न लागेको काममा अवरोध सिर्जना हुनसक्छ। सामाजिक सम्मान र वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ।

धनुः दिन राम्रो छ। मित्र दाहिना छन्। धर्ममा मन जानेछ। ठुला मान्छेसँग संगत हुने योग छ। शिक्षामा नाफा, स्वास्थ्यमा लाभ, पारिवारिक प्रेम र सामाजिक सम्मान हुने देखिन्छ।

मकरः समय सामान्य छ। काममा बाधा र अड्चन हुनाले उदास हुनुपर्ने देखिन्छ। हनुमानको बन्धना र स्मरण गरेमा शनिदेवले साथ दिनेछन्। परिवारबाट सुझाव लिएको राम्रो हुनेछ।

कुम्भः दैनिकी राम्रो छ। परिवारको साथ रहने छ। बन्धु अनुकुल रहलान्। दक्षिणको यात्रा एक्लो नगर्नु राम्रो हुन्छ। खुट्टा तान्ने सक्रिय भएकाले सचेत बन्नुपर्छ।

मीनः दिन राम्रो छ। न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ। फजुल खर्च गर्ने बानीले विवाद हुनसक्छ। परिवारको सहमतिबाट खर्च गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनसक्छ।

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको छ ।

बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुग्नुभएका मन्त्री साउद र विदेशमन्त्री जयशङ्करबीच आज भेटवार्ता भएको हो ।

विदेशमन्त्री जयशङ्करले मन्त्री साउदसँगको वार्ताले द्विपक्षीय सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन् । साथै उनले मन्त्री साउदको ‘रायसिना संवाद’मा सक्रिय सहभागिता देखेर खुसी लागेको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेका छन्।

यही फागुन ९ गते नयाँदिल्ली प्रस्थान गर्नुभएका मन्त्री साउदले उक्त मञ्चलाई आज सम्बोधन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री साउदले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेटवार्ता गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो, जसलाई ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

गोरखाको हिमालय माविले मनायो आफ्नो ६४औं बार्षित्कोत्सव तथा अभिभावक दिवस

गोरखा – गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ६ घैरुङ्ग, बास्कोटमा रहेको श्री हिमालय माध्यमिक विद्यालयले आफ्नो ६४औं बार्षित्कोत्सव तथा अभिभावक दिवस मनाएको छ । फागुन १० गते बिहिवारबाट शुरु भएको बार्षित्कोसव तथा अभिभावक दिवस समारोह शुक्रबार समापन गर्दै विद्यालयले मनाएको हो ।

विद्यालयले दिवस समारोहको प्रमुख अतिथिमा शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरलाई निम्त्याएको थियो । दिवस समारोहमा पुगेका अध्यक्ष थापा मगरले विद्यालयको बार्षित्सोव तथा अभिभावक दिवस सफल भएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयले दिवसका अवसरमा विद्यार्थीहरु लक्षित विभिन्न रोचक र मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु गरेको थियो । यस्तै विद्यालय स्थापना गर्ने संस्थापक अध्यक्ष स्व. कृष्णबहादुर गुरुङ (घ्याप्रिङ)को सालिक अनावरण, संस्थापक सदस्यहरुका नामाङ्कित शिला स्थापना साथै विद्यालय प्रवेशद्वार उद्घाटन गरिएको थियो ।

विद्यालयलाई सशुल्क जग्गा उपलब्ध गराउनु हुने जग्गादाताहरुलाई समेत विद्यालयले आफ्नो बार्षित्कोत्सव तथा अभिभावक दिवसका अवसरमा सम्मान प्रदान गरेको थियो । साथै शिक्षक तथा भूतपूर्व शिक्षकहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक सिताराम ढकाल बताएका छन् ।

थापाथलीको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी, सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्दै प्रहरी

काठमाण्डौको थापाथलीमा रहेको प्रसूति गृहबाट २६ दिनको शिशु चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी परेको छ । काभ्रेपलाञ्चोक घर भएकी एक महिलाले आफ्नो शिशु चोरी भएको उजुरी गरेकी हुन् । घटना आज दिउँसो साढे १२ बजेतिर भएको हो । उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुग्नुभएको थियो । उजुरीपछि प्रारम्भिक अनुसन्धानमा एक जना महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पाइएको छ ।

थापाथली र आसपासका क्षेत्रमा रहेका सीसीटीभी क्यामेरामा कैद भएका फुटेज हेरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रचण्डले ओलीलाई दिए जन्मदिनको शुभकामना

प्रधानमन्त्री तथा नेकपा९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा९एमाले० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रवार फोनमार्फत जन्मदिनको शुभकामना दिएका हुन् । ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सु–स्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ’, प्रचण्डको सचिवालयले भनेको छ । ओली २०८० फागुन ११ गतेबाट ७३ वर्ष प्रवेश गरेका छन् ।