
रुपन्देही। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरे ।
नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउदै उनले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे । उनले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न उनले निर्देशन दिए ।