
काठमाडौं– जुवातास खेलिरहेको अवस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१२ भोटेवहालस्थित काठमाडौं छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका–६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका-६ घर भएका २२ वर्षीय लक्ष्क्षीराम रोकाया समेत तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।