
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र एभर्टनले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार राति भएको खेलमा टोटेनहम र एभर्टनले १-१ गोलको बराबरी खेलेका हुन् ।
दुबै टोली १० खेलाडीमा समेटिएको खेलमा सुरुआती अग्रता भने टोटेनहमले लिएको थियो ।
खेलको ५८ औं मिनेटमा अब्दुलाए डोकुरेले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटिएको थियो ।
खेलको ६८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८८ औं मिनेटमा लुकास मोउराले रातो कार्ड पाएपछि टोटेनहम पनि १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको ९० औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै टोटेनहमले २९ खेलमा ५० अंक जोडेको छ ।
टोटेनहम चौंथो स्थानमा रहेको छ । एभर्टन २७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।