जोडिनुहोस
  • होमपेज
  • नेपालको खेल रद्द भएपछि क्यान र आईसीसीविरुद्ध नाराबाजी

नेपालको खेल रद्द भएपछि क्यान र आईसीसीविरुद्ध नाराबाजी

आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएर नेपाल विश्वकपबाट वञ्चित भएपछि फ्यानहरू आक्रोशित बनेका छन् । बिहानैदेखि मैदानमा उपस्थिति जनाएका समर्थकहरू मैदान सुकाउने काम भइन्जेल खेल सुरु हुनेमा आशावादी थिए ।

एक समय घाम लागेर खेल सुरु हुने संकेत देखिएपनि मैदान पूर्णरूपमा तयार नहुँदा खेल हुन सकेन ।

खेल रद्द भएपछि समर्थकले क्यान, एसीसी र आईसीसीविरुद्ध नारा लगाउँदै खेल गराउन नसकेको आरोप लगाएका हुन् ।समुर्थकहरू आक्रोशित बनेपछि प्रहरी नै पुगेर सम्झाउनुपरेको थियो । त्यसपछि प्रहरीहरूले होहल्ला गर्ने समर्थकहरूलाई विस्तारै मैदानबाट बाहिर पठाएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका