
काठमाडौं । पूर्वी नवलपरासीको देवचुलीमा आइतबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घाइते एकजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान साढे ११ बजे देवचुली नगरपालिका–८ मुण्डेस्थित एस मोडमा ग१ज ३२७० नम्बरको जिप घरमा ठोक्किएर दुर्घटना भएको भएको हो । सिकिस्त घाइतेलाई उपचारका लागि चितवन पठाइएको छ । जिपमा चार महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ ।