Breaking News
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो, संयुक्त इजलासमा पठाइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ सकिएको हो । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति लामिछानेको निवेदनको सुनुवाइ अब संयुक्त इजलासमा हुने भएको छ।
न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश दिएको हाे।
गत आइतबार निकिता पौडेलले सर्वोच्चमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
सोमबार उक्त रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेकोमा फुयालले उक्त मुद्दा नहेरेपछि रिट हेर्न नमिल्नेमा गएको थियो ।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।























