
नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने वर्ष ३६ को मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
आज बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खसेको थियो ।
पहिरोसँगै खसेको ढुंगा लागेर गम्भिर घाइते भएका बस चालक विकको चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिहान ३ः५० बजे मृत्यु भएको हो । बस घटनास्थलमै रहेको प्रहरीले बताएको छ । थप विवरण आउन बाँकी छ ।