जोडिनुहोस
  • होमपेज
  • पूर्वमा वर्षा, नदी किनारमा बस्नेलाई सतर्क हुन आग्रह

पूर्वमा वर्षा, नदी किनारमा बस्नेलाई सतर्क हुन आग्रह

काठमाडौं । पूर्वी नेपालका केही जिल्लामा गएरातिदेखि भारीदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

थप वर्षा हुनसक्ने भएकोले सो क्षेत्र भएर बहने स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ ।

रौतहटको गरुडा र सर्लाहीको मनुसमारा वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भएर बहने झनझा खोलालगायत स–साना खोलाहरूमा बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले जनाएको छ ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?